News

ऐश्वर्यालाई कोरोना हुँदा जोन सेना दुखी

काठमाडौं। बलिउड महानायक अमिताभ बच्चन लगायत उनका परिवारलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमित भएका महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या अहिले अस्पतालमा उपचार गराइरहेका छन्।

कोरोना पुष्टि भएपछि शुरुमा घरमै बसेर उपचार गराइरहेकी अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्यामा जोरो र घाँटी दुखाइको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए कोरोना संक्रमण भएपछि अहिले उनका धेरै फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

यसैबीच चर्चित रेस्लर जोन सेनाले अभिनेत्री ऐश्वर्या राई बच्चनको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले ऐश्वर्याको तस्बिर शेयर गर्दै क्याप्सनमा केही लेखेका छैनन् उनले तस्बिर शेयर गरेर ऐश्वर्याको सम्मान गरेको र दुखी भएको बुझिएको छ । किनकी उनी बलिउडका धेरै कलाकारका फ्यान हुन्।

Related Articles

Back to top button
Close