News

यस्ता प्रमाण भेटीपछि अनुसन्धानमा जुट्यो पुरातत्व, विज्ञ र अनुसन्धान टोली अयोध्यापुरी पठाउने

यस्ता प्रमाण भेटीपछि अनुसन्धानमा जुट्यो पुरातत्व, विज्ञ र अनुसन्धान टोली अयोध्यापुरी पठाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थानका बारेमा दिएको अभिब्यक्ति पछि नेपाल र भारतमा तरंग उत्पन्न भएको छ । भारतले भगवान रामको जन्मस्थान अयोध्या भन्दै दावी गर्दै आएको भए पनि खास प्रमाण दिन सकेको छैन । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले नेपालकै अयोध्यापुरीमा भगवान राम जन्मिएको र भारतले नक्कली अयोध्या बनाएको भनेर अभिब्यक्ति दिएपछि भारतका मिडिया भने आलोचनामा उत्रिएका छन् ।

प्रधानमन्त्रीले नै त्यस्तो अभिब्यक्ति दिएपछि पर्साको ठोरी स्थित अयोध्यापुरीमा भगवान रामको जन्म भएको प्रमाण खोज्न थालिएको छ । पुरातत्व विभागले त्यस समबन्धी अनुसन्धान सुरु गरेको हो । विभागले विभागकै पुरातत्व अधिकृतसहितको विशेष टोली माडी र ठोरी पठाएर अनुसन्धान गर्ने योजना सहित काम सुरु गरेको छ ।

प्रम ओलीले गएको असार २९ गते भानुजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अयोध्या नेपालमै रहेको र भगवान् रामचन्द्र नेपालमै जन्मिएको अभिब्यक्ति दिएका थिए प्रधानमन्त्रीको सो अभिब्यक्ति पछि माडी र ठोरीका स्थानिय भने खुसी भएका छन् । त्यहाँ रहेका भगवान राम र सिताका मन्दिरमा पुजा सुरु भएको छ । जन्मस्थानका रुपमा प्रमाण जुटाउन सकिने बस्तुहरुका बारेमा प्रचार हुन थालेका छन् ।

Related Articles

Back to top button
Close