News

सीता गुफा नजिक उ’खेलिएको सीमास्तम्भ पुनः गा’डियो

पर्सा ।अ’ज्ञात व्यक्तिले उखेलेर फालेको पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडको नेपाल भारत सीमास्तम्भ पुनः गा’डिएको छ ।ठोरीस्थित सीता गुफानजिकैकोे सीमास्तम्भ हिजो उ’खेलेर फा’लिएको थियो । उ’खेलिएको सीमास्तम्भ सशस्त्र प्रहरी, नेपाल प्रहरी र ठोरी गाँउपालिकाका

ज’नप्रतिनिधीले भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे पुरानै स्थानमा गा’डिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए ।रामको जन्मभूमि ठोरीको आसपासमै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि ठोरी एकाएक चर्चामा आएको छ

नेपाल र भारत सीमा छु’टयाउन गा’डिएको पूरानो ३५ नम्बर र हाल अ’ध्यावधिक गरिएको ४३६ नम्बरको पिल्लर शनिबार अपरान्ह उखेलेर भारत तर्फको भू–भागमा फा’लिएको अवस्थामा भेटिएको थियो ।सीता गुफा रहेको पहाडको

सिरानस्थित ४३६ नम्बरको पिल्लर गा’डिएको स्थानभन्दा ५ मिटर भारततर्फको भुभागमा उ’खेलेर फा’लेको अवस्थामा भेटिएको थियो । सीता गुफामा शनिबार दिउँसो ठोरीका जनप्रतिनिधी र स्थानीयले कलश यात्रा निकालेर धुमधामसँग पूजा गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
Close