News

साउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी

काठमाडौं । काठमाडौं लगायत जिल्लाहरुमा समेत लकडाउन खुकुलो हुँदै गएपछि पर्यटन क्षेत्रको सबैभन्दा धेरै महत्व राख्ने उड्डयन क्षेत्रलाई पनि संचालन गर्ने तयारी सरकारले गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईलाई अब आन्तरीक र वाह्य उडान संचालन गर्ने दवाव परेको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्र प्रभावित भएको छ । नेपालको ठूलो आम्दानीको श्रोत भनेकै पर्यटन र रेमिट्यान्स हो । तर आन्तरिक र वाह्य उडान बन्द भएका कारण अहिले दुवै क्षेत्र प्रभावित भएको हो ।

पछिल्लो समय पर्यटन क्षेत्र निकै राम्रो हुँदै थियो । हवाई उडानहरु पनि थपिएका थिए । तर कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडानका कारण अहिले उडान ठप्प छन् । जसका कारण पर्यटन क्षेत्र निकै नराम्रोसंग प्रभावित भएको छ । कर्मचारीलाई तलब समेत दिन नसक्ने अवस्थामा पुगेको भन्दै निगमले करार कर्मचारी समेत हटाएको छ । झण्डै डेढ सय कर्मचारी एकै पटक निकालिएको हो ।

नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना बनाएकै समयमा लकडाउन लागू गरेको हो । जसका कारण ठूलो लगानी पनि खेर गएको थियो अब अवस्था धान्न नसक्ने भन्दै ब्यवसायीहरुले दवाव दिएका कारण सरकार उडान संचालन गर्ने तयारीमा जुटेको छ । एक

टेलिजिनमा अन्तरवार्ता दिँदै पर्यटनमन्त्री योगेश भट्टराईले अब उडान सञ्चालन गर्ने योजना बनाएको बताएका छन् । उनले आफुले आन्तरिक उडान साउन २१ गते देखि सञ्चालनमा ल्याउने र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाटै सुरु गर्ने योजना बनाएको बताएका छन् । सो योजना अब मन्त्रीपरिषद बैठकमा पेश गर्ने र बैठकले पारित गरेपछि लागू हुने बताएका छन् ।

लकडाउनका कारण निकै प्रभावमा परेको अर्को ब्यवसाय भनेको होटल ब्यवसाय पनि हो । उडान सञ्चालन गर्ने संगै मन्त्री भट्टराईले साउन १५ गतेदेखि होटेलहरु खोल्ने र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताएका छन् । उनले ८० अरव वार्षीक

पर्यटन उद्योगवाट आम्दानी हुने गरेको र आधा वर्ष ठप्प हुँदा करिब ४० अर्व रुपैया पर्यटन क्षेत्रमा मात्र क्षती पुगेको बताएका छन् । उनले अब एक दशक भित्रै फेरी पर्यटन वर्षलाई सञ्चालन गर्ने योजना रहेको बताएका छन् । अबको कार्यक्रम यो वर्ष पर्यटन वर्ष भनेर होइन की एक दशकमा पर्यटन क्षेत्रका ठिूला पुर्वाधार निर्माण गरिसक्ने पनि उनले बताएका छन् ।

Related Articles

Back to top button
Close