News

नारायणगढ–मुग्लिन-सडकखण्ड-बाट-आयो-दुखद- खबर :

चितवन, ५ साउन । अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको हाे ।प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ । बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ । पहिरोले दुई वटा

बिजुलीका पोलसमेत ढालेको छ ।प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ । अधिकांश पहिरो टोपेखोला, चारकिलो र चोरखोलामा खस्ने गरेको छ ।नारायणगढ-​मुग्लिन सडक राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हो । धेरै वर्ष लगाएर नारायणगढ–​मुग्लिन सडक खण्डको स्तरोन्नती गरिएपनि पहिरो खस्ने क्रम भने रोकिएको छैन ।

Related Articles

Back to top button
Close