News

मेरै अगाडी चारवटा गाडी बगायो, म पनि आफ्नो गाडी छोडेर भागेँ

काठमाडौं । दुई दिन देखि अनवरत भइरहेको ठूलो वर्षाका कारण वाढी पहिरो गइरहेको छ । विभिन्न जिल्लामा पहिरोले घर नै बगाएर मानविय क्षती समेत भएको छ । मौसम पूवानुमान महाशाखाले अझ केही दिन वर्षा हुने भएकाले सचेत रहन सुझाएको छ । वर्षाकै कारण विभिन्न स्थानमा पहिरो गएका कारण काठमाडौंवाट अन्य जिल्ला जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । मुग्लीगं हुँदै पोखरा जाने पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो गएको छ । जसका कारण पहिरोमा धेरै मानिस वाटोमै अलपत्र परेका छन् ।

लकडाउनका समयमा जोखिमपूर्ण यात्रा गरेकाहरु बिच वाटोमा अलपत्र परेका छन् । काठमाडौंवाट चितवन जान हिडेका एक जना पहिरोमा फ’सेका कारण गाडी छोडेर भागेको बताएका छन् । आफ्नै गाडी लिएर काठमाडौंवाट चितवन जान हिडेका राजेन्द्र अधिकारीले आफु गाडी छोडेर भागेको बताएका हुन् । उनले आफ्नै अगाडी चारवटा गाडी पहिरोले बगाए पछि आफु पनि गाडी छोडेर भागेको बताएका छन् । पहिरो गएको स्थानमा करिब डेढ सय मानिस फ’सेको र त्यहाँ सुत्केरी र गर्भवती समेत भएको बताएका छन् ।

आफ्नै अगाडी पहिरोले चारवटा गाडी बगाएपछि उनी पनि ज्यान जोगाउन गाडीको माया मा’रेर गाडी छोडेरै भागेको बताएका छन् । आफु सहित करिब ५० जना ब्यक्ति पहिरोको लेदोमा टेक्दै सुरक्षित स्थानमा आएको भएपनि सुत्केरी र गर्भवती महिला सहित करिब सय जना सोही ठाउँमा रहेको उनको भनाई छ । उनले आफु पनि करिब ४ घण्टा हामी पहिरोको बीचमा फ’सेको बताएका छन्। कतैतिरबाट पनि

उद्धार हुने छाँटकाँट नदेखेपछि म बा २० च ८१४८ नम्बरको गाडी त्यही छोडेर ज्यानको माया मा’रेर पहिरोको लेदो हुँदै पछाडि फर्किएँ । घुँडाघुँडासम्म पहिरोको लेदो थियो । खोला उर्लिएको थियो । जोगीमारामा गएको पहिरोवाट ज्यान जोगाएर आएका राजेन्द्रले भने । तस्बिर कान्तिपुरवाट

Related Articles

Back to top button
Close