News

विप्लव समुहले फेरी गर्यो बन्दको घोषणा

काठमाडौं । यतिञ्जेल चुपचाप बसेको नेकपाको नेत्र विक्रम चन्द विप्लव समुहले फेरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । लकडाउनकै समयमा आफ्ना नेता कार्यकर्ता पक्राउ पर्न थालेपछि विप्लवले आन्दोलनको घोषणा गरेको हो । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मु’द्धा बनाएर पक्राउ गरेको भन्दै प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सेती–महाकाली ब्यूरोले बन्दको घोषणा गरेको छ।

रचनात्मक ढंगले राजनीतिक काममा सकृय रहेका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेर सरकारले आन्दोलन गर्न बा’ध्य पारेको विप्लव समुहले जनाएको छ । प्रहरीले विप्लवको नेतालाई धनगढीवाट पक्राउ गरेको छ । आफ्ना नेता कार्यकर्तालाई रि’हा नगरे आन्दोलन गर्ने चेतावनी सहित साउन ६ गते बन्दको घोषणा गरेको छ । आफ्ना नेताकार्यकर्ता रि’हा नगरेको भन्दै सं’घ’र्षका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।

ब्यूरोले बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमा आफ्ना नेताकार्यकर्तालाई झु’टा मु’द्धा बनाएर हि’रास’तमा लिइएको घटनाप्रति भत्र्’सना गरिएको छ। विज्ञप्तिमा भनीएको छ, ‘श्रमिक जनता, उद्योगी, व्यवसायीहरुले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र विरोध तथा आफ्नो पार्टीभित्रको गुटगत अन्तरविरोधको आ’क्रो’शबाट अ’न्धो बनेको ओली सरकारले प’तन उन्मुख द’ला’ल पुँजीवादी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि द’म’नमा उत्रिएको छ।

जुन फा’सी’वा’दी हर्कतको अगाडि झुक्नुको साटो लु’टे’रा, द’ला’ल सरकारलाई मुह तो’ड जवाफ फर्काइनेछ।’ विप्लव समूहले साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ। जसअनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते म’शा’ल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने छ।

यो अर्को समाचार…. वरिष्ठ नेता पौडेलद्वारा राहत रकम हस्तान्तरण

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिराबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई शुक्रबार राहत रकम प्रदान गर्नुभएको छ । श्रीमती, छोरा र बुहारीको पहिराबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गराएको हो।

उक्त रकम वरिष्ठ नेता पौडेलले शुक्रबार पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गर्नुभयो । प’हि’रामा पु’रि’एर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । पहिरामा पु’रि’एर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृ’त्यु भएको थियो । कान्छा छोरा २० वर्षीय राजेश अझै बे’प’त्ता छन्।

पहिराबाट ज्यान गुमाएकाका तीन जना मृ’त’कको जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार र घाइतेको उपचारका लागि रु २५ हजार गरी कूल रु एक लाख ७५ हजार वरिष्ठ नेता पौडेलले अस्पतालमा पुगी हस्तान्तरण गर्नुभएको हो।

सो क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष सुरेश थापालगायत सहभागी हुनुहुन्थ्यो । नगरपालिकाले पहिराबाट ज्यान गुमाएकाका परिवारलाई प्रति मृ’त’क रु ५० हजार र घाइतेको उपचारका लागि रु ४० हजारसम्म उपलब्ध गराउने निर्णय गरेको थियो । सोही क्रममा वरिष्ठ नेता पौडेलले पहिराले पु’रिएर घाइते ऋषिङ गाउँपालिका–८ भैँसीकिलेकी ६० वर्षीया ज्योतिमाया थापालाई पनि भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

Related Articles

Back to top button
Close