News

मन्दिरमा पूजा गर्दागर्दै शाहीको मुत्यु

सुर्खेत : ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मु,त्यु भएको छ । सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका-८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृ,त्यु भएको हो ।

उनी साउने सोमबारे ब्रत बसेकी थिइन् । मृ,तक ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बर ४ सिम्लेघारी निबासी हुन् । दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नृत्यकर्म गर्ने क्रममा मृ,त्यु भएको वडाध्यक्ष मणिराज कार्कीले बताए ।

उनका अनुसार मृतक लक्ष्मीसँगै उनकी बुहारी पनि मन्दिर आएकी थिइन् । तर मृतक लक्ष्मी भने दिर्ग रोगीको बिरामी रहेको र हिजोदेखि ब्रत बसेर खाना नखाएको उनले बताए । स्थानीय भैरव प्राविमा कार्यरत शिक्षिका मनिषा शाहीका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्नेक्रममा लक्ष्मी बे,होस भएकी थिइन् । पछि होस् नखुलेरै उनको मृ,त्यु भएको हो ।

उक्त मन्दिरमा हप्तामा दुई दिन सोमबार र शुक्रबार पूजा लाग्छ मृ,तक लक्ष्मीको शव अहिले मन्दिर नजिकै उनका आफन्तको घरमा राखेर परिवारलाई बोलाइएको वडाध्यक्ष कार्कीले बताए । घट,नाबारे स्थानीयले प्रह,रीलाई समेत जानकारी गराएका छन् ।
यसैबीच लकडाउन खुकुलो भएसँगै सुर्खेतको देउतीबज्यै मन्दिरमा पनि दिनप्रतिदिन दर्शनार्थीको भीड बढ्दै गएको छ । तर

Related Articles

Back to top button
Close