News

रुसले कोरोनाको खोप अबको २ महिना भित्र संसारभर बजारमा पठाउने

काठमाडौं, साउन १८ । कोरोना कहरले विश्व नै त्रसिद बनिरहेका बेला रुसले अबको २ महिनाभित्रै सबैका लागि कोरोनाविरुद्ध खोप ल्याउने बताएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले अबको दुई महिना अर्थात् आगामी अक्टोबरमा रुसी सरकारले कोरोनाको खोप बजारमा पठाउने दाबी गरेसँगै विश्वभरका वैज्ञानिकहरु भने चिन्तित बनेका छन् ।

उनीहरुमा चिन्ता पर्नुको खास कारण हो रुसले हतार गरेर ज्यादै छिटो खोप बनाउनु । रुसले हतारमा खोप बजारमा पठाउँदा अन्य समस्याहरु पो आउने हुन् की भनेर बैज्ञानिकहरुले चिन्ता ब्यक्त गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीका अनुसार ‘रुस तथा चीनले सर्वसाधारणलाई खोप दिनुपहिले सबै चरणको परीक्षण प्रक्रिया पूरा गर्नेमा आशंका ब्यक्त गरेको भएता पनि रुसले भने सबै प्रक्रिया पूरा गरेर यो खोप विश्वभर पठाउन लागिएको जनाएको छ ।

Related Articles

Back to top button
Close