News

काठमाडौं

काठमाडौं । पछिल्लो समय काठमाडौं कोरोनाको इपिसेन्टर हुने खतरा देखिएको छ । दिनहुँ संक्रमितको संख्या थपिएको छ । नयाँ संक्रमितहरुमा कोरोनाको लक्षण समेत देखिएपछि चिकित्सक र सरोकारवालाई चिन्तित बनाएको छ । काठमाडौंका अति ब्यस्त र भिडभाड हुने क्षेत्रमै कोरोना फैलिएपछि खतरा थप बढेको हो । राजधानीको भोटाहिटी, असन र महाबौद्धमा कोरोनाका कारण अहिले पसल बन्द भएका छन् । ति क्षेत्रमा पसल सञ्चालन गर्नेहरुमा कोरोना पुष्टि भएपछि कोरोनाका त्रा सका कारण पसल बन्द भएका हुन् ।

महाबौद्धका दुई जना व्यापारीमा कोरोना देखिएपछि आईतबारदेखि त्यस क्षेत्रका सम्पूर्ण पसलहरु बन्द गरिएको हो । उनीहरुको सम्पर्कमा रहेकाहरुलाई पनि कोरोना परिक्षण गरिएको छ । वडा कार्यालयले उनीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना परिक्षण गर्न आग्ह सहित सूचना जारी गरेको थियो ।

महाबौद्ध गणेश मन्दिर नजिक पसल भएका भारतीय नागरिक धीरज शाह र अञ्जु शाहमा आईतबार स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि सो क्षेत्रका पसलहरु धमाधम बन्द गर्न शुरु गरिएको थियो । वडाअध्यक्ष चिनियामान बज्राचार्यले उहाँहरुसंग प्रत्यक्ष सम्पर्कमा आएका सबैले स्वास्थ्य परीक्षण गर्न सार्वजनिक अपिल गर।ेका थिए ।

स्वास्थ्य परीक्षण गर्ने क्रम जारी रहेको र रिपोर्ट नआएसम्म पसलहरु बन्द हुने सो क्षेत्रका व्यवसायीहरुको भनाई रहेको छ भारतवाट आएका उनीहरुले सुरक्षा नअपनाउँदा कोरोना फैलिएको भन्दै स्थानियले चिन्ता जनाएका छन् । स्वास्थ्य सजगता नअपनाउदा परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएपछि परिक्षण गराउँदा उनीहरुलाई पनि कोरोना भएको पुष्टि भएको हो ।

Related Articles

Back to top button
Close