News

दु:खद खबर : नेपालमा एकै दिन, एकै अस्पतालमा दुइजना कोरोना संक्रतिमको निधन

साउन, वीरगञ्ज । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको निधन भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा रिफर गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा निधन भइसकेकेा पाइएको डा. निरज सिंहले जानकारी दिए ।

अर्को समाचार , आज थपिए ३१५ नयाँ कोरोना संक्रमित, संक्रमित संख्या २० हजार नाघ्यो – काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार अहिलेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित कूल संक्रमितको संख्या २० हजार हजार ९९ जना पुगेका छन् । प्रवक्ता गौतमका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट सक्रिय संक्रमित संख्या ५ हजार ३ सय ३८ रहेका छन । जसमध्ये प्रदेश १ मा २२५, प्रदेश २ मा २०६६, बागतिमा ५७५, गण्डकीमा ३१३, प्रदेश ५ मा ३८७, कर्णालीमा २९७ र सुदुरपश्चिम प्रदेशका १६ सय ७५ जना संक्रमित उपचाररत रहेका छन ।

Related Articles

Back to top button
Close