News

२४ घण्टामा १११ जना कोरोना संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ पुगेको छ

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

निको हुनेको दर ७१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

Related Articles

Back to top button
Close