News

आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधा’ज्ञा जारी , हिँडडुल गरेको पाइएमा कडा कारवाही हुने

आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधा’ज्ञा जारी , हिँडडुल गरेको पाइएमा कडा कारवाही हुने

१८ साउन / समुदायस्तरमै को’रोना देखिएपछि बाँकेमा जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म निषे’धाज्ञा जारी गरेको छ नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको को’रोना परीक्षणमा एकैदिन ३० जनामा स’ङ्क्रमण देखिएपछि को’रोना स’ङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधा’ज्ञा जारी गर्ने निर्णय गरेको हो

को’रोना सङ्क्रमण रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटे’री गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ ।

निषे’धाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दुरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ । त्यसैगरी, एम्बुलेन्स, श’व बाहन, दमकल, झण्डा’वाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबाह’क गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउने छन् ।

पछिल्लो पटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरो’ना परीक्षणका लागि स्बाव सङ्कलन गरिको छ । कन्ट्याक ट्रेसिङ गर्दै समुदायमा कोरो’ना सङ्क्र’मण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।

आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवन चोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति

नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जका तीन आइसोलेशन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा गरी बाँकेका ५४ जना स’ङ्क्रमितलाई राखिएको छ । बाँकेमा हालसम्म को’रोनाबाट दुई जनाको मृ’त्यु भएको छ भने सङ्क्र’मितको सङ्ख्या ४३७ पुगेको छ

Related Articles

Back to top button
Close