International

अहिले नेपालमा बढ्दै गएको कोरोना संक्रमणबारे बोल्यो डब्लूएचओ

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा फेरी लकडाउन लागु हुनसक्ने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरले संक्रमितहरुको संख्या बढ्दै गए नेपाल सरकारले पुनः लकडाउन गर्न सम्भावना आउन सक्ने बताउनु भएको छ । उहाँले लकडाउन गर्ने वा नगर्ने भन्ने निर्णयमा डब्लूएचओको कुनै भूमिका नहुने पनि स्पष्ट पार्नुभयो

लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय सरकारको हातमा रहेको बताउदै उहाँले भन्नुभयो, ‘भविष्यमा नेपालमा संक्रमितहरुको संख्या बढ्ने सम्भावना देखिन्छ। पहिला देखिएका संक्रमितहरुमा विदेशबाट आएकाहरु धेरै थिए । तर, अब समुदायमा संक्रमण देखिएको खण्डमा त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।’

उहाँका अनुसार लकडाउनपछिको अवस्थामा मानिसहरु कोभिड–१९ महामारीभन्दा पहिलाको अवस्थाझैं बिना कुनै सुरक्षाका उपाय अवलम्बन गर्दै हिँडडुल गरिरहेकाले सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना बढेर गएको खुलासा गर्नुभएको हो । सबैले संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि व्यक्तिगत सुरक्षाका उपायहरुको गम्भीरतापूर्वक पालना गर्न जरुरी रहेको उहाँले जानकारी गराउनुभयो ।

विश्व स्वास्थ्य संगठनले जारी गरेका निमयलाई पालना गरिएन भने सरकारले संक्रमण नियन्त्रणका लागि मानिसहरुलाई सामाजिक दुरी कायम गर्न बाध्य पार्नका लागि नयाँ लकडाउनको घोषणा गर्न सक्ने उहाँको बुझाई रहेको छ । तर अब लकडाउन गरियो भने त्यो एकै प्रकारको नहुने देखिएको छ । उहाँका अनुसार लकडाउन स्थानीय स्तरको पनि हुनसक्छ वा देशैभरको लकडाउन पनि हुनसक्छ ।

Related Articles

Back to top button
Close