News

‘कोरोनालाई ’

काठमाडौं ।सरकारले जनस्वास्थ्यका सामान्य मा’पदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हे’लचेक्य्राइँ आ’त्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भी’डभाड, कोरोनाप्रति झन् सं’वेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बे’वास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुन सक्ने जो’खिम देखाएको हो ।स्वास्थ्य जो’खिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा ना’रा जु’लुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्ने जस्ता मानसिकता नै आ’त्मघाती हुँदै गएको छ ।

यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भी’डभाड गर्ने प्रवृत्तिले जो’खिम बढाउँदै लगेको छ ।पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जो’खिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य स’ङ्गठनले सुझाएका रोकथामका उपायको ब’र्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुन सक्ने बताए। सरकारले कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनको भनाइ थियो ।

अनावश्यक भी’डभाड नगर्न सरकारले बारम्बार अनुरोध गरे पनि वि’रोध प्र’दर्शनका नाममा सडकमा भेला हुने, ना’रा लगाउने जु’लुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन् । “अझै पनि गो’ष्ठी, सभा, बै’ठक, ज’लुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अ’नुरोध छ । यो धेरै आ’त्मघाती हुन सक्छ”, कोभिड–१९ को राष्ट्रिय अ’द्यावधिक विवरण सार्वजनिक गर्न उनले आग्रह गरे । ठूलो ज’नघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै कार्यबाट पनि सङ्क्रमण फै’लिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनको भनाइ थियो ।

राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ । यसले समेत थप जोखिम बढाएको छ । सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन् । त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । का’रागार,

हि’रासत, सु’धारगृह तथा पुनःस्थापना केन्द्र जस्ता स्थानमा क्ष’मताभन्दा बढी मान्छे राख्नु पर्ने बा’ध्यता रहेको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी गरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सा’वधानी अ’पनाउन आग्रह गरे ।कोभिड–१९ रोकथाम रो’क्नका लागि भौतिक दूरी कायम गर्ने ।
मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उनले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी नि’र्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न आग्रह गरे । प्रवक्ता गौतमले अनावश्यक भी’डभाड नगर्न, अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन, अनिवार्यरूपमा मास्क लगाउन, साबुनपानीले २० सेकेण्डसम्म मि’चिमिची हात धुन स्मरण गराए ।पछिल्ला केही दिन यता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सिधैँ घर पठाउने गरेको पाइएको भन्दै उनले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब सङ्कल गरेर रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन आ’ग्रह गरे ।

विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सु’रक्षाकर्मीले पनि स्वास्थ्य सु’रक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उनले जनस्वास्थ्यका मा’पदण्ड पालनामा क’ञ्जुस्याइँ नगर्न आ’ह्वान गरे । “कतिपयले मास्क नलगाएको, मास्क लगाउँदा पनि ठीक ढङ्गले नलगाएर च्यूँ’डोमा लगाएको सू’चना प्राप्त भएको छ”, उनले भने, “ठीकसँग मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सा’बुनपानीले राम्रोसँग मि’चिमिची हात धुन म पुनः अ’नुरोध गर्दछु ।”

राजधानी काठमाडौँ प्रवेश गर्नेले पनि स्वास्थ्य स’तर्कता न’अपनाएको पाइएको छ । विशेषगरी भक्तपुरको नाका भएर काठमाडौँ प्रवेश गर्ने मध्ये २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै अस्पतालमा को’रोनाका लक्षण भएका बि’रामीको सङ्ख्यामा वृद्धि भएको छ ।रासस

Related Articles

Back to top button
Close