Video

यात्रुले मास्क लगाउन नमानेपछि उडिरहेको विमानभित्रै कु’टाकु’ट (भिडियो हेर्नुस्)

काठमाडौं । कोरोना फैलन नदिन अहिले सबैभन्दा राम्रो उपाय भनेको माक्स, सेनिटाइजर र हातमा पञ्जा हो । विश्व स्वास्थ्य संगठनले कोरोनावाट जोगिन माक्स अनिवार्य लगाउन सुझाव दिएको छ । घर बाहिर निस्कदा माक्स लगाएर मात्र निस्कन सुझाव दिएको हो । हवाई उडानहरुमा पनि माक्स अनिवार्य गरिएको छ । तर हवाई यात्राका क्रममा माक्स लगाउन नमान्दा उडिरहेको विमानमा कु टा कु ट भएको छ ।

उडिरहेको विमानमा बसेका दुई यात्रुले माक्स लगाउन नमाने पछि सुरु भएको विवादले उग्र रुप लिएको हो । दुई यात्रुले मास्क लगाउन अस्वीकार गर्दा सुरु भएको विवादपछि नेदरल्याण्डमा उडिरहेको विमानभित्रै झ ड प भएको छ ।

नेदरल्याण्डको एम्स्टर्डमबाट स्पेनको इविजा टापुतर्फ गइरहेको केएलएमको विमानभित्रै झ ड प भएको छ । अहिले सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केएलएमले विमानमा मास्क अनिवार्य गरेको थियो। सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा शुक्रबार एम्स्टर्डमबाट विमान उड्नेबित्तिकै अंग्रेजी बोल्ने दुई यात्रुबीच झ ड प भएको देखिएको थियो।

विमानमा कोलाहल मच्चिएको छ । केही यात्रुले विमानमा बालबालिका पनि रहेको भन्दै झ ग डा रोक्न आग्रह गरेको पनि भिडियोमा सुनिन्छ। भिडियोको अन्त्यमा उक्त यात्रुलाई भुइँमा सु ता एर ह’त क’डी लगाएको देख्न सकिन्छ।

पछि ती यात्रुलाई इबिजा विमानस्थलमा ओर्लिएपछि स्पेनी प्रहरीले पक्राउ गरेको थियो । विमान कम्पनीले दुई यात्रुले मास्क लगाउन आग्रह गर्दा अस्वीकार गरेको र अन्य यात्रुलाई दु’व्र्य’वहार गरेको जनाएको छ।

केएलएमले आगामी ३१ अगस्टसम्म यात्रुलाई मास्क अनिवार्य गरेको छ। उसले मास्क नलगाउनेलाई विमानमा यात्रा गर्न अनुमति नभएको उल्लेख गरेको छ।

Related Articles

Back to top button
Close