News

कोरोनाको जोखिम बढेपछि उपत्यकामा फेरि जोर विजोर लागू गर्न प्रस्ताव

सरकारलाई काठमाडौं उपत्यकामा पुन जोरबिजोर प्रणाली लागू गर्न प्रस्ताव आएको छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको हो ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा उक्त प्रस्ताव विचाराधीन रहेको बुझिएको छ । पछिल्लो बैठकमा पनि सोबारेमा छलफल भएको बुझिएको छ तर यसबारे निर्णय भने भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’

माइतिघर तिनकुने सडकखण्डको शान्तिनगर गेटनेर देखिएको ट्राफिक भिड ।
सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी मात्र हैन घरेलु तथा अन्तराष्ट्रिय उडानहरु पनि संचालन गर्ने सरकारको तयारी छ ।

तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

लकडाउनको अवधिमा रोजिरोटीको आधार नै गुमेको कतिपय व्यापारीको गुनासो छ। सोही अवधिमा सटरभाडा तिर्न मुस्किल परेकाले पुनः लकडाउन गरे काठमाडौंको व्यवसाय नै छोडेर विस्थापित हुनुको विकल्प नभएको व्यपारी बताउँछन्।

कलंकी चोकको बजारमा जुत्ता व्यापार गर्ने रुकमणी शर्माले भनिन्, ‘व्यापार खासै छैन तरकारी खान पुुगेको छ, फेरि लकडाउन गर्ने भन्ने सुन्छु, फेरि पनि लकडाउन गरे हाम्रो विकल्प के

Related Articles

Back to top button
Close