International

डब्ल्यूएचओले दियो यस्तो अभिब्यक्ति- को रोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ

१९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले को रोना भा इरस (को भिड-१९) लाई हराउन सक्ने निश्चित उपचार कहिले पनि नभेटिन सक्ने चे तावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले एक भर्चुअल कन्फ्रे न्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेसम्म यो भा इरसको लागि कुनै निश्चित उपचार उपलब्ध छैन र कहिले पनि उपलब्ध नहुन पनि सक्छ ।’
ठीक एक दिनअघि मात्र डब्ल्यूएचओले अझै लामो समयसम्म को रोना भा इरसको म हामारी कायम रहन सक्ने बताएको थियो । यद्यपि अहिले विश्वभर को रोना भा इरसविरु द्धको खोप निर्माणको काम भइरहेको छ । साथै यसको परीक्षण पनि भइरहेको छ । यद्यपि अहिलेसम्म कुनै निश्चित खोप बजारमा भने आएको छैन ।

अहिले अमेरिका, बेलायत र चिनियाँ कम्पनीले निर्माण गर्दै गरेको खोपको अन्तिम चरणको परीक्षण चलिरहेको छ ।
स्रोत : बीबीसी

Related Articles

Back to top button
Close