News

सोचनै न सक्ने गरि कोरोनाको जोखिम ह्वात्तै बढेपछि काठमाडौंमा सरकारले जारि गर्यो यस्तो सूचना

काठमाडौं । काठमाडौंमा कोरोनाको जोखिम बढेपछि सरकारले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। काठमाडौंमा दिनहुँ संक्रमितको संख्या थपिएपछि सरकारले यस्तो आग्रह गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

बालबालिका र वृद्धवृद्धालाई कोरोनाको जोखिम हुने भएकाले घर वाहिर ननिस्कन र सचेतना अपनाउन आग्रह गरेको छ । अन्य उमेर समुहकालाई पनि बृद्धा र बालबालिकाको अवस्थाको ख्याल गरेर मात्र सम्पर्क बढाउन आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक सकेसम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताए।

स्वास्थ्यमा विशेष ध्यान दिन सके कोरोनाबाट बच्न सकिने भन्दै डा।देवकोटाले स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गरेका छन् नाक र मुख छोपिने गरी मास्क लगाउने, घर वा कार्यालय छिर्नु अगाडि साबुन पानीले हात धुने,पसल कार्यालय सार्वजनिक स्थलमा चिनेका वा नचिनेका व्यक्तिबाट २ मिटर टाढा बस्न र सकेसम्म घरबाहिर नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

सरकारले कोरोना समुदाय स्तरमै फैलिएको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो।

यस्तै कोभिड – १९ निदानका लागि लागि गरिँदै आएको र्‍यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण नगर्ने मन्त्रालयले जनाएको छ। यसबारे प्रदेश, स्थानीय सरकार तथा अस्पताललाई जानकारी गराइ सकिएको मन्त्रालयका प्रवक्ता डा।गौतमले जानकारी दिए।

Related Articles

Back to top button
Close