News

एकाएक नेपाल भारत सीमामा ‘हाई अ’लर्ट’, किन गरियो तालिम प्राप्त कुकुर प’रिचालन ?

कपिलवस्तु। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही र कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा स’तर्कता अपनाइएको छ। बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व वि”वादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त मन्दिरको शिलान्यासका लागि आगामी साउन २१ मा मोदी अयोध्या आउँदै छन्।

उनी आउने भएपछि अवाञ्छित र आ’तं”की घु”सपैठ नहोस् भनेर सीमामा उच्च सुरक्षा स’तर्कता अपनाइएको हो। कपिलवस्तु र रूपन्देहीको सी’मासँग जोडिएका भारतको सिद्धार्थनगर र महाराजगन्ज जिल्लामा सुरक्षा निकायलाई ‘हाई अ’लर्ट’ मा राखिएको छ । यी क्षेत्रबाट अयोध्या पुग्‍न सहज र नजिक भएकाले सुरक्षा निकायलाई स’क्रिय बनाइएको हो । नेपाल–भारत सी’मानाकामा एसएसबीका तालिम प्राप्त कुकुर परिचालन गरी जाँच थालिएको छ । दसगजामा नि’गरानी बढाइएको छ।

सादा पोसाकका प्रहरीका अलावा एसएसबी, उत्तर प्रदेश प्रहरी, रेल्वे प्रहरी र सी’मामा क्रियाशील गु’प्तचर एजेन्सीसमेत स’क्रिय रूपमा खटिएका छन् । भारतीय सीमावर्ती बजारमा साविकको भन्दा बढी गस्ती गर्न थालिएको छ । सीमा क्षेत्रसँग जोडिएका सडक, गल्ली र चोकमा आकस्मिक जाँच भइरहेको छ।

एक भारतीय सुरक्षा अधिकारीले सं’वेदनशील अवस्था रहेको भन्दै सुरक्षा रणनीति बनाइरहेको बताए । उत्तर प्रदेशको गोरखपुर जोनका अतिरिक्त प्रहरी महानिर्देशक दावा शेर्पा सुरक्षा सत’र्कता अपनाउन निर्देशन दिँदै सीमावर्ती सहर सुनौली, सोहरतगढ र बढनी पुगेका छन्।

त्यहाँ उनले नेपाली सुरक्षा अधिकारीसँग समन्वय गरेर सी’मा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन भारतीय सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। उनले बढनीमा नेपाली र भारतीय सुरक्षा अधिकारीसँग संयुक्त समन्वय बैठक गरेर सुरक्षा व्यवस्था कसिलो बनाउनसमेत अनुरोध गरेका छन्।

भारतको महाराजगन्ज जिल्लासँग जोडिएका सी’माका ३२ स्थानमा सुरक्षा निगरानी कम रहेको पहिचान गरी थप प्रहरी परिचालन गरिएको छ । कोरोना भाइरस सं’क्रमणका कारण सीमा क्षेत्र सिल भए पनि थप सुरक्षा सतर्कता अपनाइएको एसएसबीको ५० औं बटालियनका असिस्टेन्ट कमान्डेन्ट गौरवकुमार सिंहले बताए । भारतको महाराजगन्जसँग ७५ किलोमिटर र सिद्धार्थनगर जिल्लासँग नेपालको ८१ किलोमिटर सीमा जोडिएको छ।

Related Articles

Back to top button
Close