News

विराटनगरमा कोरोना संक्रमितलाई दिइएको खाजामा किरा भेटियो

विराटनगर । कोरोना संक्रमितलाई दिइएको खाजामा किरा भेटिएको छ । घटना हो विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रको ।खानामा किरा भेटिएपछि संक्रमितहरुले विरोध गरेका छन् । पेशाले चित्सिक समेत रहेका ति संक्रमितले कोरोना संक्रमित भनेर हेला गरेर खानामा यस्तो लापरवाही गरिएको हुनसक्ने आशंका ब्यक्त गरे ।
यो समयमा प्रतिरोधक क्षमता बढाउने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइएकोप्रति उनले प्रश्न गर्दै सुबिधा नभएको आरोप लगाएका छन् ।केन्द्र संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले भएको स्विकार्दै यो गल्ती हुन गएको बताए ।

उनले आगामी दिनमा यस्तो गल्ती नदोहोरे भन्दै भने कमसल खालको पुरानो केराउ परेको र राम्रोसँग केलाउँदा यस्तो हुन गएको हो ।कोभिड–१९ उपचार केन्द्रमा संक्रमितलाई दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। चुमनलाल दासले अब सुधारिने समेत प्रतिबद्धता जनाएका छन् ।

Related Articles

Back to top button
Close