International

अभिनेत्री ऋचामा पनि देखियो कोरोना सं’क्रमण

काठमाडौं। भारतका कलाकारहरुमा पनि पछिल्लो समय कोरोनाभाइरसको संक्रमण देखिरहेको छ । एकपछि अर्को कलाकारमा कोरोना देखिएको खबरहरु आइरहेका छन् । यस्तै एक टिभी सिरीयल अभिनेत्रीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

चर्चित टिभी सिरीयल खिचडीकी अभिनेत्री ऋचा भद्रालाई कोरोनाभाइरसको संक्रमण देखिएको हो । टिभी सिरीयल खिचडी मा चक्की नामले चिनिएकी ऋचालाई कोरोना भएको बारे उनले नै जानकारी गराएकी हुन्।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफुमा कोरोना पोजेटिभ देखिएको जानकारी गराएकी हुन् । कोरोनाको हल्का लक्षण देखिएपछि परिक्षण गर्दा आफुमा पोजेटिभ पाइएको उनले बताएकी छिन्।

उनले बीएमसीले आफुलाई कोरोना पोजेटिभ भएको बारे जानकारी दिएको बताएकी छिन् । साथै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि परिक्षण गराउन आग्रह गरेकी छिन्।

Related Articles

Back to top button
Close