News

ह्वात्तै बढ्यो अण्डा र कुखुराको मासुको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं २३ असार / नेपाली बजारमा अण्डा र कुखुराको मासुको मूल्य बढेको छ । माग अनुसार आपूर्ति हुन नसकेपछि अण्डा र कुखुराको मासुको मूल्य बढेको हो । लकडाउनको समयमा माग अनुसार कुखुराको मासु र अण्डा पुर्याउन नसक्दा मूल्य बढेको व्यवसायी बताउछन् ।

अहिले बजारमा अण्डाको क्रेट ३ सय ६५ रुपैयाँ पुगेको छ भने कुखुराको मासु बजारमा किलो कै ४ सय रुपैया भन्न थालिएको छ ।

व्यवसायीका अनुसार अहिले जिउँदो कुखुरामा १० रुपैया, मासुमा १५ रुपैया र अण्डाको क्रेटमा २५ रुपैया बढेको बताइएको छ ।

अहिले बजारमा जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० रुपैया पुगेको छ भने कुखुराको तयारी मासु किलोकै ४ सय रुपैया पुगेको छ । त्यस्तै अण्डाको क्रेटमा पनि मूल्य बढेको छ । अहिले बजारमा अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पुगेको छ ।

Related Articles

Back to top button
Close