News

नेपालमा कोरोनाबाट थप एक जनाको निधन

विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका ५ आदर्श टोलका ७७ वर्षीय पुरुषको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।

ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको निधन भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे निधन भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ गत बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको निधन भएको थियो । विराटनगरको निधन पछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

Related Articles

Back to top button
Close