News

जोखिममा रहेका काठमाडौंबासीलाई आफैं स्वाब संकलनका लागि जान आग्रह (बिज्ञप्ति सहित)

काठमाडौं। कोरोना संक्रमणको जोखिममा रहेको काठमाडौं उपत्यकाबासीलाई आफैं स्वाब स्वाब संकलनका लागि अस्पताल जान आग्रह गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो एक सूचना जारी गरी उपत्यकाबासीलाई संक्रमणको जोमिख न्यूनिकरणका लागि सहयोग गर्न आग्रह गरेको हो।

शंकास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट काठमाडौं आएकाहरु नजिकको स्वाब संकलन केन्द्रमा बिहानको ९ बजेदेखि १ बजेसम्म गई स्वाब संकलन गरी परीक्षणमा सहयोग गर्न सूचित गरिएको छ।

काठमाडौंमा निकै जोखम बढेकाले स्वास्थ्य सुरक्षा र सतर्कतामा विशेष जोड दिन भनिएको छ। ‘हालको अवस्थामा काठमाडौँ उपत्यकाकमा जोखिम बढिरहेको छ’ मन्त्रालयको सूचनामा भनिएको छ ‘सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक नसिस्कने र भीडभाड नगर्ने, चाडपर्वहरु घरमै बसी मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो अपिल गदर्छ।’

स्वाब संकलनका लागि सम्पर्क गर्न भनिएका अस्पताल तथा स्वाब संकलन केन्द्र

१. पाटन अस्पताल,

२. भक्तपुर अस्पताल

३. सिभिल अस्पताल

४.के.एम.सी अस्पताल

५. त्रि.वि. शिक्षण अस्पताल

६ वीर अस्पताल.

७. टेकु अस्पताल
८. शसस्त्र प्रहरी बल अस्पताल
९. वीरेन्द्र अस्पताल
१०. प्रसुती गृह
११. स्टार अस्पताल

१२. हयाम्स अस्पताल
१३. नेपाल प्रहरी अस्पताल

१४. नेपाल कोरिया मैत्री अस्पताल
लगायत सम्पूर्ण हब अस्पतालहरु, कोभिड क्लनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १, २, ३ अस्पतालहरु (हेल्थ पाटि बाट )

Related Articles

Back to top button
Close