News

भारतमा ३ करोड बराबरको नगद र गरगहना चोरी गरेर नेपाली दम्पती फरार भए

काठमाडौं। भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फरार भएका छन् ।

हैदराबादको सैनिकपुरीमा एक रियलस्टेट व्यवसायीको घरमा घरेलु कामदारको रुपमा कार्यरत ती दम्पतीले उनै रियलटेट व्यापारीको घर फुटाएर चोरी गरी फरार भएका हुन् ।

आइतबार राती व्यापारीको परिवार एक कार्यक्रममा सहभागी हुन घरबाहिर भएका बेला उनीहरुले घर फुटाएर चोरी गरी फरार भएका हुन् । दम्पती त्यही घरको परिरमा एक आउटहाउसमा बस्थे ।

द न्यू इण्डियन एक्सप्रेसका अनुसार मल्काजगिरीकी डिसीपी रक्षिता के मूर्तिले पुलिसको विभिन्न विभागका टिमहरु फरार अभियुक्तहरुलाई पक्राउ गर्नको लागि परिचालन गरिएको बताएकी छिन् । ‘हामीले घटनास्थलबाट प्रमाणहरु संकलन गरेका छौं र अनुसन्धान जारी छ’ उनले भनिन् ।

गएको जुलाइ २९ मा बिहे गरेका स्थानीय व्यापारी ए नरसिंहा रेड्डीका छोराको रिसेप्सन पार्टी आइतबार बेलुका आयोजना गरिएको थियो र चोरी भएको परिवारका सबै त्यही पार्टीमा गएका थिए । उनहिरुले नेपाली दम्पतीलाई घरको हेरविचार गर्न भनेर छाडेका थिए ।

आधा रातभन्दा पछि परिवार घर फर्केर आउँदा घरको मूल ढोका खुल्लै थियो । घरमा भित्र गएर हेर्दा उनीहरुले सुन र हीराका गरगहना, महंगा विद्युतीय उपकरण र घरमा राखिएको नगद हराएको थाहा पाए ।

घरमा काम गर्ने कामदारहरु हराइरहेका थिए । सूचना आएपछि आएको पुलिसले दम्पतीले घरको ढोका फुटाउन धातुका हतियार प्रयोग गरेको पाएको छ । सीसीटिभी फुटेजमा दम्पतीले चोरी गरेर बेलुका ८ बजेतिर घर छाडेर निस्केको देखिएको छ ।

दम्पतीले घरबाट फरार हुन मालिकको मोटरसाइकल प्रयोग गरेका थिए । पछि उनीहरुले मोटरसाइकल कुसाइगुडा एक्स रोड्समा मोटरसाइकल छाडेर फरार भएका थिए । पुलिले शंकास्पद अभियुक्तहरुको खोजी गरिरहेको छ ।

Related Articles

Back to top button
Close