Video

ज्योतिषको सनसनीपूर्ण खुलासा: ओलीले राजिनामा दिने, नेङमाङ प्रधानमन्त्री हुने

काठमाडाैँ : साउन २ गते भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने र नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ कुनै हालतमा पनि नफुट्ने ज्योतिष रुद्रनाथ अधिकारीले खुलासा गरेका छन् । ज्योतिष शास्त्रमा पि एच डि गरेका अधिकारीले प्रराइम टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहान्छन् भन्ने कार्यक्रम मार्फत यो कुराको खुलासा गरेका हुन् ।

अहिले चलिरहेको ग्रहहरूको स्थिति हेर्दा ग्रहहरूको अवस्था बलियो रहेकाले ओलीतिर नकारात्मक अवस्था चलिरहेको उनले बताए । अहिले प्रधानमन्त्री र राष्ट्रको पक्षमा साढे सात चलिरहेको उनले बताए।

प्रधानमन्त्री ओलीको मकर राशि रहेको छ जसले गर्दा शनि र उल्काको प्रभाव कुण्डलीमा परेको हुनाले स्वामीको दशा हुने र मति भ्रष्ट हुने उनले बताए। यसले गर्दा उनको विवेकले काम नगर्ने ज्योतिष अधिकारीले बताए ।

प्रतिपक्षमा रहेका नेताहरू जस्तै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सुवासचन्द्र नेङमाङ लगायतका नेताहरुको ग्रह बलियो रहेको ज्योतिष अधिकारीले बताए। प्रधानमन्त्री ओलीको ग्रह कमजोर र अन्य नेताहरूको ग्रह बलियो रहेकाले ओलीको भाग्यले साथ नदिने अधिकारीले बताए।

साथमा ओली नेतृत्वको सरकारले कुनै हालतमा पनि नेपाल भारतको सीमा विवाद समाधान गर्न नसक्ने उनले ठोकुवा गरेका छन्। ओलीले राजिनामा दिए १५ दिन भित्रमा सीमा विवादको बार्ता हुने र शुवासचन्द्र नेङमाङ प्रधानमन्त्री हुने ठोकुवा समेत दिएका छन्।

Related Articles

Back to top button
Close