Entertainment

गरेको काम बिग्रने र असफल हुने भएको छ ? यसो गर्नुहोस् कहिले असफल हुनु पर्दैन !

प्रत्येक मानिसको जीवनमा सफल हुने चाह रहेको हुन्छ र यसका लागि मानिसले मेहनत पनि गरिरहेको हुन्छ । कहिलेकाँही सही मार्गनिर्देशनको कमीले त्यो मेहनत बालुवामा पानि हालेसरी खेर जान्छ ।

हामी तपाईको मेहनत त्यसै खेर जानुहँदैन भन्ने पक्षमा छौँ । त्यसैले सफलताको कामनासहित जीवनलाई कसरी सफल बनाउने भनेर हामीले दशवटा सुत्रहरु प्रस्तुत गरेका छौँ । यी सुत्रहरुको प्रयोगले तपाईको जीवन साच्चै नै सफल हुनेछ ।

१. सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको ‘स्याक्रिफाइज’ हो । त्यसैले केही ठूलो पाउन स–साना कुरा गुमाउनपर्छ भनेर नडराउनुहोस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् र त्यस समयलाई अध्ययन तथा आवश्यकता अनुसार सही सदुपयोग गर्नुहोस् ।

२. आफू सहि बाटोमा छु कि छइन भनेर सधैभरी सचेत रहनुहोस् । यदी गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

३. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

४. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफू सँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
५. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् । परिवारसँग खुलेर रहनुहोस् । मनमा कुरा गुम्साएर नराख्नुहोस् ।

६. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

७. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।

८. धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

९. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

१०. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् । एउटा बाटोबाट फेल भए अर्को बाटो पहिल्याउनुहोस् ।

त्यसैले नयाँ काम सुरु गर्नु अघी सबैभन्दा पहिले र ठुलो कुरा भनेको राम्रो आइडिया हो । राम्रो आइडिया पाउन निम्न आठ कुराको ध्यान दिनुहोस ।प्रयास गर्नुहोस, तर नडराउनुहोस : मनमा जे आइडिया आउछ त्यसलाई प्रयोगमा पनि ल्याउनुहोस तर पारीणाम सँग नडराउनुहोस । यसरी नै सफल आइडिया आउछ ।

मनिसहरु सँग भेट गर्नुहोस र नयाँ कुरा सिक्ने कोशीस गर्नुहोस : आफ्नो रुचिको बिषयमा किताब वा इन्टरनेटमा पढ्नुहोस र सो बिषयमा जानाकार ब्यक्तिहरुसँग भेट गरी कुरा गर्ने कोशीस गर्नुहोस् । उनिहरुको सोच के-कस्तो छ जान्ने कोशीस गर्नुहोस ।
कृएटर बन्नुहोस कन्जुमर होइन : हामीहरु प्राय नयाँ कुरा देख्ने बित्तिकै त्यसलाई उपभोग गर्ने सोच बनाउछौ । त्यसैले तपाईंले पनि केही नयाँ गर्ने कोशीस गर्नुहोस् वा नयाँ पोर्डक्ट ल्याउने सोच बनाउनुहोस र त्यसको कोशीस गर्नुहोस ।

लक्ष्य सधैं ठुलो राख्नुहोस : महाकवी लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए कि ‘उदेश्य के लिनु उडी छुनु चन्द्र एक’ । तपाईंले पनि त्यस्तै ठुलो लक्ष्य तय गर्नुहोस । जसले तपाईंको सोचको दायरा पनि ठुलो बनाउनेछ भने ठुला-ठुला काम गर्ने पनि आँट आउनेछ ।

उल्टो बाटो हिंड्ने कोशीस गर्नुहोस : प्राय अहिले जे भैरहेको छ त्यसको उल्टो सोच्ने कोशीस गर्नुहोस् र यदी त्यो चिज उपयुक्त लाग्छ भने त्यही बाटो हिंड्ने कोशीस गर्नुहोस ।

स-साना समस्या पनि हल गर्नुहोस : प्रय स-साना समस्याहरु हामी नजर अन्दाज गरेर जान्छौ । सफलताको लागि यो बिल्कुल घातक हुन्छ। त्यसैले स-साना समस्या पनि समाधान गरेर अघी बध्नुहोस । जसले तपाईंलाई अवस्य सफल बनाउनेछ ।
अरुको असफलताबाट सिक्नुहोस : तपाईं सफल हुन चाहनुहुन्छ भने अरुले प्रयोग गरेको बाटो हेर्नुहोस् । उनिहरु किन असफल भए ? यस बारेमा खोजबिन गर्नुहोस् र त्यही काम फरक तरिका बाट गर्नुहोस जसले तपाईंलाई सफल बनाउनेछ ।

तुलना गर्नुहोस : सबै चिज सबै ठाउमा फिट हुँदैन । त्यसैले तपाईंले आफुले ल्याउन चाहेको प्रोडक्ट तपाईंले छानेको ठाउमा फिट हुन्छ कि हुँदैन तुलना गर्नुहोस ।सबैको जानकारीको शेयर गर्नुहोस !!

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Related Articles

Check Also
Close
Back to top button
Close