News

काठमाडौंमा सशस्त्र प्रहरी अस्पतालको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।

ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
गत शुक्रबार (१६ गते) मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो,’एसपी डा नेपालले भने,’उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो।’

आइतबार उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. नेपालले जानकारी दिए।

Related Articles

Back to top button
Close