Video

पुष्पा अधिकारीलाई साथ

काठमाडौं । बाल गृहकी सञ्चालक पुष्पा अधिकारी अहिले विवादित भएकी छन् । उनलाई संरक्षणमा राख्नु भन्दै एक महिलाले दिएको बच्चालाई बेवारिसे भन्दै सडकमा लगेर राखेर भिडियो बनाउँदै प्रचारवाजी गरेपछि उनी विवादित भएकी हुन् । विदेशवाट गर्भावस्थामा आएकी एक महिलाले शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

बच्चा जन्माउने महिलाको स्वास्थ्य अवस्था र आर्थिक अवस्था निकै नाजुक भएकाले उनले बच्चा आफै राख्न सक्ने अवस्था नभएपछि बालगृहमा दिएको बताएकी छन् । बच्चा जन्माउने महिलाले अर्को एक महिलालाई बालगृहमा जिम्मा दिनुस् भनेर दिएको र ति महिलालाई बच्चा कहाँवाट ल्याइस् भनेर प्रश्न गर्छन भनेर ति महिलाको सहयोगमा बच्चालाई बाटोमा लगेर राखेको बताएकी छन् ।

जसले बच्चाको जिम्मा लिएकी थिइन् उनी पनि मिडियामा सार्वजनिक भएकी छन् । बच्चा जन्माएकी महिलावाट बालगृह सम्म ल्याउन भूमिका खेल्ने महिलाले आफुलाई समस्या पर्न सक्छ भनेर त्यसो गरेको भन्दै मिडियामा आएकी छन् । अप्ठेरो परेको अवस्थामा सहयोग गर्न खोज्दा आफु समस्यामा परेको पुष्पाको गुनासो छ । उनले आफ्नो कुनै गलत स्वार्थ नभएको भएपनि अहिले निकै त ना व मा भएको बताइन् । उनले पुण्य गौतमले आफुलाई त ना व दिएको बताएकी छन् ।
पुष्पाले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेपछि पनि आफुलाई अनेक लाच्छना लगाएको बताएकी छन् ।

पुष्पाले आफ्नो गल्ती स्वीकार गरेर वास्तविकता बताउँदा पनि युट्युवरले आफ्नो बदनाम गरेको भन्दै रुष्ट भएकी पुष्पालाई छिमेकीले साथ दिएका छन् । छिमेकीहरुले पुष्पालाई आफुहरुले साथ दिने बताएका छन् । छिमेकीहरु पुष्पाको घरमा युट्युवरहरुले हंगामा गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् घरको ढोकामा आएर हो हल्ला गर्ने, अनावश्यक प्रश्न गर्ने जस्ता कृयाकलाप भएको भन्दै छिमेकीहरुले आपत्ती ब्यक्त गरेका छन् ।

Related Articles

Back to top button
Close