News

महिलालाई ए सिड हान्दा सारा देश बोल्छ, तर पुरुषलाई ए सिड हान्दा कोही बोलेनन्

आफ्नै श्रीमतीबाट ए सिड आक्र मणमा परेका राजाराम थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी हुन् ।

बर्ष २६ का राजाराम थापा माथि आफ्नै श्रीमतीबाट केही महिना अगाडी ए सिड आ क्रमण भएको थियो।

उनी अहिले काठमाडौंको टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम गर्दै जिविकोपार्जन गरेर बसेका राजारामलाई श्रीमतीसँग भएको सानो मनमुटावले उनको हुलिया नै बदलिन पुग्यो ।

घरमै सुतिरहेको अवस्थामा श्रीमतीले ए सिड हाल्दा उनको अनुहार अहिले चिन्न नै नसकिने भएको छ ।

एउटा बच्चाको बाबू अनि सामान्य परिवारका राजारामको आर्थिक अबस्था अत्यन्तै कमजोर छ ।

३ पटक अप्रेसन भएर पनि अझै ठिक भएको छैन।

ए सिड आ क्रमणबाट पीडित महिलालाई सरकार लगायत अन्य संघ संस्थाले उपचारमा सहयोग गरिरहँदा उनी आफूलाई कसैले सहयोग नगरेको गुनासो गर्दछन् ।

थप जानकारीको लागि यो लिंकबाट भिडियो हेर्न सक्नुहुन्छ ।

Related Articles

Back to top button
Close