International

भारतको अस्पतालमा आगलागि हुँदा आइसीयूका ८ संक्रमितको मृत्यु

काठमाडौं । कोभिड अस्पतालमा अचानक आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहानै भारत, गुजरातको अहमदाबादमा एउटा ठूलो दुर्घटना भएको हो । शहर मा स्थित श्रेय अस्पतालमा भयानक आगो

लाग्यो । श्रेय अस्पताल कोरोना संक्रमितहरुको लागी प्रयोग हुँदै आएको छ । आगो आईसीयूमा लागेको बताइएको छ । आगोले खतरनाक रूप लिएको थियो, जसकारण ८ जना कोरोना बिरामीहरूको ज्यान गुमाउनुपर्यो । अर्को तिर एक प्यारा मेडिकल स्टाफ घाइते भएका छन् ।

आज बिहान साढे ३ बजे श्रेय अस्पतालमा आगो लागेको बताइएको छ । आज बिहानै पौने ४ बजे तिर दमकल विभागको टोली घटनास्थलमा पुगेको थियो । आगलागी साढे ४ बजे आसपास नियन्त्रणमा लिइएको थियो । जब आगो लाग्यो,

त्यहाँ आईसीयूमा १० कोरोना बिरामीहरू थिए, जबकि सम्पूर्ण अस्पतालमा ४९ कोरोना बिरामीहरू थिए । ति मध्ये आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close