News

जाम घट्यो, आजदेखि सवारी संचालनमा थप कडाइ

काठमाडौं : १ सय २० दिनपछि लकडाउन हटेर सार्वजनिक सवारी गुडेको २ हप्ता पनि बित्न नपाउँदै पुन: कडाइ गरिएको छ । सरकारले आजदेखि सडकमा सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधनमा जोरबिजोर प्रणालीमा मात्र संचालन गर्न अनुमति दिएको छ । बजारमा मानिसको भीड बढेसँगै कोरोनाको जोखिम उच्च हुने भन्दै सरकारले पुन: कडाइ गरेको हो ।

सार्वजनिक सवारीसाधन चल्न थालेसँगै उपत्यकाका सडकहरूमा जाम बढ्दै गएको थियो । तर, बिहीबार देखि जोरबिजोर प्राणली लागू गरेसँगै सवारीको चाप घटेको हो । ४० प्रतिशत मात्रै सार्वजनिक सवारी साधन र ६० प्रतिशत निजी सवारीसाधन संचालनमा आए पनि जोरबिजोर लागू गरेसँगै निजी ३० प्रतिशत र सार्वजनिक २० प्रतिशतको हाराहारीमा चल्नेछन्

सवारी जोरबिजोर गरेसँगै केही पसल व्यवसायहरू पनि आज बन्द देखिएका छन् भने सार्वजनिक सवारी साधन प्रयोगकर्ता घटेका छन् । सडकमा अहिले चारपांग्रे भन्दा दुईपांग्रे सवारीसाधन बढी मात्राा देखिएका छन् । उपत्यकामा दिनहुँ को’रोना संक्रमित उल्लेख्य रूपमा बढ्दै जाँदा विशेष कडाइ

गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएकोे छ । महाशाखाका अनुसार अघिल्लो समयमा भन्दा बढी कडाइका साथ जोरबिजोर प्रणाली लागू गरिनेछ । साथै, नमान्ने चालक तथा सवारीलाई कारबाही गरिनेसमेत महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close