News

उकालो चढ्दै कोरोना

काठमाडौं । कोरोना संक्रमितको संख्याले दिनहुँ उकालो चढिरहेको छ । विहिवार एकै दिन ५ जनाको कोरोनाका कारण निधन भएको पुष्टि भएको छ । बिहीवार थप ३ सय ६० जनामा कोभिड १९ को पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ६० लाई कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई सय ३३ जना डिस्चार्ज भएको बताए। ६ हजार २ सय ९६ संक्रिय संक्रमित छन्। प्रवक्ता गौतमले कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको निधन भएको बताए।

बुधबार उपत्यकामा कोरोना पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।

‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन’ इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन्, ‘सम्पर्कमा नआएकाहरु तराईका जिल्लाबाट आएका थिए ।’

कोइरालाका अनुसार कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका रहेका छन् । ‘यसअघि पनि यसरी नै संक्रमित सम्पर्कविहीन भएका थिए, तर पछि आफैं सम्पर्कमा आएका थिए’ उनले भने ।

Related Articles

Back to top button
Close