News

आज विभिन्न मुलुकबाट १ हजार ४६६ नेपाली स्वदेश फर्किए

काठमाडौं- कोरोना महामारीका कारण विभिन्न देशमा अप्ठेरोमा परेका १ हजार ४६६ जना नेपाली आज स्वदेश फर्केका छन्।

आज ९ वटा अन्तर्राष्ट्रिय उडानमार्फत उनीहरु स्वदेश फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जानकारी दिएको छ।

कोरोना महामारीका कारण विभिन्न देशमा अप्ठेरोमा परेका १ हजार ४६६ जना नेपाली आज स्वदेश फर्केका छन्।

आज ९ वटा अन्तर्राष्ट्रिय उडानमार्फत उनीहरु स्वदेश फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जानकारी दिएको छ।

टीआईएका अनुसार आज साउदी अरबको दमामबाट हिमालय एअरलाइन्स मार्फत १५४ जना आएका छन् भने रियादबाट नेपाल एयरलाइन्स मार्फत २५९ जना।

यस्तै, कतारको दोहाबाट हिमालयन एअरलाइन्स मार्फत १५७ जना, साउदी अरबको दमामबाट नेपाल एअरलाइन्समा १४४ जना, युएईको दुबईबाट फ्लाई दुबई मार्फत १६४ जना आज स्वदेश फर्केका छन्।

मलेसियाको क्वालालम्पुरबाट मालिन्डो एअर मार्फत १७८, युएईको सारजाहाबाट एअर अरेबिया मार्फत १६८ जना, टर्कीको स्तानबुलबाट टिर्कस एअरलाइन्स मार्फत ७६ जना र युएईको सारजाहाबाट एअर अरेबिया मार्फत १६६ जना नेपाली आज स्वदेश फर्केको टीआईएले जनाएको छ।

Related Articles

Back to top button
Close