News

काठमाडौ उपत्यकामा मात्र एकै दिन थपिए १०२ जना कोरोना संक्रमित

काठमाडौं । अहिले कोरोना महामारीको उच्च जोखिममा रहेको उपत्यकामा एकै दिन थपिए १०२ संक्रमित थपिएका छन् । अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४

जनालाई घरमै राख्नुपरेको थियो उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।

संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ । ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार मंगलबारकै संक्रमितलाई व्यवस्थापन गर्न सकिएको थिएन् । बुधबार झन् बढी थपिए । पाण्डेले भन्नुभयो, ‘अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिएका छौं ।’

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये २० जनालाई घरमै आइसोलेसनमा राखिएको छ । मंगलबार पुष्टि भएका ६९ जनामध्ये १५ जनालाई पनि घरमै आइसोलेसनमा राखिएको थियो ।

कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये ५६ जनालाई मात्रै दुवाकोटको केएमसी, प्रहरी अस्पताल र कीर्तिपुरको आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ । संक्रमितमध्ये ३६ जनाको ट्राभल हिस्ट्री छ । ३२ जनालाई

कोरोनाको लक्षणसमेत देखिएको छ । कोइरालाका अनुसार संक्रमित केही गाउँ फर्किसकेछन् । १६ जना सम्पर्कबाहिर छन् केहीको मोबाइल नम्बर गलत, केहीको मोबाइल स्विच अफ र अन्यको फोन नम्बर नहुँदा खोजी गर्न नसकिएको ईडीसीडीले जनाएको छ ।

Related Articles

Back to top button
Close