International

चीनलाई कोरोना भ्याक्सिन उत्पादनमा विश्वमै पहिलो पटक अनुमति !

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्नेक्रममा चीनले अर्को नयाँ सफलता हात पारेको छ । चाइना नेसनल बायोटेक ग्रुप (सिएनबिजी) ले बेइजिङ इन्टिच्युट अफ बायोलोजिकल प्रडक्टसको सम्बन्धनमा विश्वमै

पहिलो तथा ठूलो कोभिड १९ भ्याक्सिन उत्पादन कार्यशाला सञ्चालन गरेको र यसले राष्ट्रिय परीक्षा पास गरेको घोषणा गरेको छ ।चीनको सरकारद्वार सञ्चालित चाइना नेसनल फार्मास्युटिकल ग्रुपको सम्बन्धनप्राप्त सिएनबिजीले मिडियालाई पठाएको एक विज्ञप्तीमा उनीहरुको कार्यशालाले उत्पादन प्रमाणपत्र पाएको र अब प्रयोगका लागि बजारमा उपलब्ध रहेको बताएको छ ।

उनीहरुले उक्त कार्यका लागि २ महिनाको मात्रै समय लगाएको विज्ञप्तीमा उल्लेख छ ।गत जुलाईमा सरकारी विभागले उक्त कार्यशालाको बायोसेक्युरिटी परीक्षा लिएको थियो । जसमार्फत उनीहरुले राष्ट्रिय मापदण्ड पुरा गरेको तथा ठूलो मात्रामा कोभिड १९ भ्याक्सिन उत्पादनका लागि स्वीकृति पाएका थिए

।बेइजिङमा भएको उक्त कार्यशाला र सिएनबिजी अन्तर्गतकै वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टसले उत्पादन कार्य सुरु गरेपछि सिएनबिजीले वार्षिक २ सय २० मिलियन डोज भ्याक्सिन उत्पादन गर्नसक्ने बताइएको छ ।

Related Articles

Back to top button
Close