Video

ठेला चलाउने अर्जुन र श्रीमतीको भेट भयो

काठमाडौं २२ साउन / केहिदिन अगाडिदेखि सामाजिक सञ्जालमा निकैनै भाइरल भइरहेको कैलालीका अर्जुन विक र श्रीमती लक्ष्मीको बिहिवार दिउँसो भेट भएको छ । उनिहरुले भेटमा एक अर्कालाई आरोप लगाएर फेरि छुटेका छन् ।

अनामनगरको सडकमा छोरालाई पिठ्युँमा बोकेर ठेला चलाइरहेका बेला अर्जुनको फोटो सञ्चारकर्मी सरु सुनारले आफ्नो क्यामरामा कैद गरेर सञ्जालमा राखेकी थिइन् ।

तस्बिर सामाजिक सञ्जालमा छिनभरमै भाइरल भएपछि सडकमा उनको दुश्य खिच्न युट्युबरहरुको लर्को नै लागेको थियो ।

केही अन्तर्वाता सार्वजनिक भएसँगै विकलाई देश विदेशबाट सहयोग पनि आउन थालेको छ ।

Related Articles

Back to top button
Close