International

चीनमा

काठमाडौँ। चीनमा फेरि नयाँ भाइरसको संक्रमण सुरु भएको छ । चीनको हुबेइ प्रान्तको वुहानबाट शुरू भएको कोरोनाभाइरस संक्रमणको त्रास विश्वभर फैलँदा आँफु मास्क र सेनिटाइजर बेचेर संसारको रमिता हेरेको चीनको जियाङसु प्रान्तमा एसएफटीएस भाइरस फेला परेको हो

जसबाट हालसम्म ६० भन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने हालसम्म ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सन् २०११ मा पहिलो पटक चीनमा पत्ता लागेको यो भाइरसको संक्रमण फेरी सुरु भएको र पछिल्लो पटक ३७ जना भन्दा बढी संक्रमित भएको ग्लोबल टाइम्सको एक रिर्पोटमा उल्लेख छ ।

यो भाइरस जनावरहरुमा पाइने किर्नाको माध्यमबाट संक्रमण हुने र त्यसबाट मानिसमा पनि खतरा बढ्ने समाचारमा जनाइएको छ ।

Related Articles

Back to top button
Close