News

चीनबाट पेट्रोलियम आयातका लागि पाइपलाइन निर्माण गर्ने सरकारको योजना

काठमाडौं, २२ साउन । सन् २०१५ मा भारतले लगाएको नाकाबन्दीको समयमा पेट्रोल भित्र्याएको नेपालले चीनबाट पाइपलाइनबाट पेट्रोलियम आयात गर्ने योजना बनाएको छ।

चीनबाट पेट्रोल पाइपलाइन जडान गर्ने संभावनाबारे चालु आर्थिक वर्षबाटै अध्ययन थाल्ने योजना सरकारले बनाएको हो।

त्यसकालागि चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी प्रारम्भिक सम्झौताको तयारी सुरु गरिए उच्च सरकारी श्रोतले जानकारी दिएको हो।

नेपाल आयल निगमले पास गरेको नीति तथा कार्यक्रम अनुसार यसै आर्थिक वर्ष भित्रमा चीनको केरुङ्गदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष सरकारको छ।

आगामी १५ वर्ष नेपालमा पेट्रोलियमको माग र खपतको प्रक्षेपण गरी भण्डारण क्षमता विस्तारको काम पनि अघि बढाउने नेपाल आयल निगमको योजना छ।

त्यसका लागि यसै आर्थिक वर्ष भित्रै कम्तिमा एक महिनाको लागि मौज्दात रहनेगरी भण्डारण क्षमता विस्तारको प्रक्रिया अघि बढाउन लागिएको हो।

त्यसैगरी, भारतको सिलिगुडीदेखि नेपालको झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया चालू आर्थिक वर्षमा नै सुरु गरिने उल्लेख छ।

Related Articles

Back to top button
Close