News

दुर्घटनामा

धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ । श-व परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

ठक्कर दिँदा एकको मृत्यु
भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् ।

उनलाई आज बिहान ३ः३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बोरामा शव

भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा श-व फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन्

थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी चार दिनयता हराइरहेका थिए । मङ्गलबार बोरामा श-व भेटिएपछि उनको परिवारले आफन्त भएको भनी सनाखत गरेका हुन् । ह-त्या भएको आशङ्कामा अनुसन्धानलाई तीव्रता दिइएको उनले बताए । उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

Related Articles

Back to top button
Close