News

नेपालमा

काठमाडौं, साउन २३ । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएका बेला ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेसँगै ज्यान गुमाउनेको संख्या ७० पुगेको हो । यसअघि विहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मोरङको

कोशी अस्पताल, विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । प्रवक्ता डा गौतमका अनुसार विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो । त्यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । धनुषाकी वर्ष ७२ वर्षीकी एक महिलाको ओम अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी विहीबार मन्त्रालयले दिएको जानकारी अनुसार अर्का एक जना सप्तरीका ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रायलले पुष्टि गरेको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका रुपनी गाउँपालिका(५ गढियाका ४५ वर्षीय पुरुषको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा आज अहिलेसम्मकै सर्वाधिक १ सय ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा आज अहिलेसम्मकै सर्वाधिक १ सय ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा आज ४ सय ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै नेपालमा आज ४ सय २५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा अहिलेसम्म १५ हजार ८ सय १५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा आजसम्म ६ हजार ३ सय ३० सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ९ सय २६ जनाको पिसिआर परिक्षण गरिएको छ । त्यस्तै काठमाडौँमा कोरोना संक्रमणको दर उच्च भएसँगै न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । पछिल्ला दिनमा काठमाडौँमा एकै दिनमा ठूलो संख्यामा संक्रमित फेला परेसँगै सिल गर्ने तयारी गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको हो । ति काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सिल गर्ने तयारी गरिएको छ ।

केहीबेर अघिको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेसँगै आज रातीदेखि न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अहिले यि क्षेत्र सिल गरिए पनि संक्रमण र जोखिमयुक्त क्षेत्र थपिएको खण्डामा फेरी सिल गर्न सकिनेछ ।

Related Articles

Check Also
Close
Back to top button
Close