News

काठमाडौं उपत्यकामा

काठमाडौं उत्यकामा पहिलोपटक एक सय बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ६ जनामा संक्रमण पुष्टि भएको

जनाए। संक्रमितमध्ये काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना छन्।उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो। बिहीबार उपत्यकामा ८६ जनामा संक्रमण देखिएको थियो। शुक्रबार देशभर भने ४ सय ६४ जनमा संक्रमण पुष्टि भएको छ।

ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुई जना सङ्क्रमितको निधन भएको पाटन अस्पताल, ललितपुरले जनाएको छ । अस्पतालका अनुसार साउन १९ गते भर्ना भएका दुवै जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । मृतकमध्ये ४५ वर्षीय पुरुष कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको हो । सप्तरी कुनौलीका ४५ वर्षीय पुरुषलाई स्टार अस्पताल सानेपाबाट पाटन अस्पताल पुर्याइएको थियो ।

अस्पतालका अनुसार मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीको ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उहाँलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालका अनुसार कोरोना सङ्क्रमणको पुष्टि भएकोमा ४१ वर्षीय महिलाको आज बिहान उपचारकै क्रममा निधन भएको बताएको छ ।

यसअघि साउन १६ गतेसमेत पाटन अस्पताल, ललितपुरमा झसिखेल निवासी ६५ वर्षीया महिलाको उपचारकै क्रममा निधन भएको थियो । कोरोना सङ्क्रमणको पुष्टि भएपछि स्टार अस्पताल सानेपाबाट रिफर गरिएको वृद्धको भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा निधन भएको थियो ।

Related Articles

Back to top button
Close