News

अनमोल र उपासना कोरोना रिपोर्टको पर्खाइमा

यति बेला कोरोना भाइरसले कसैलाई पनि छोडेको छैन । दिन प्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढेसँगै त्रास र असुरक्षित महसुस भइरहेको छ । यसैबिच लकडाउन केही खुकुलो भएसँगै चलचित्र क्षेत्र पनि केही चलायमान भएको थियो । म्युजिक भिडियो लगायत छोटो समयमा छायाङ्कन सकिने विज्ञापन रियालिटी शोज हरूको छायाङ्कन तथा प्रसारण सुरु भएको छ

तर काठमान्डौ लगायत देशका धेरै स्थानमा कोरोना सङ्क्रमित बढिरहेका छन् । यसले छायाङ्कन तथा अन्य कार्यक्रम वा समारोहमा सहभागी भएका कलाकार पनि सङ्क्रमित हुने जोखिम बढेको छ । यसै बिच अभिनेता अनमोल केसीले कोरोना भाइरस सङ्क्रमण आशङ्कामा परीक्षण गरिएको छ । केही दिन अगाडी एक स्कुटरको विज्ञापन छायाङ्कन गरेका थिए ।

यसै क्रममा छायाङ्कनमा संलग्न एक टिम मेम्बरलाई कोरोना पोजेटिभ देखी पछि अनमोलले पनि टेस्ट गराएका हुन् । उनको रिपोर्ट भने नेगेटिभ आएको छ । उनले घरमा नै केही समय आराम गरेर दुई दिन अघी टेस्ट गराएको पारिवारिक श्रोतले जनाएको छ । अनमोलले लकडाउन खुलेसँगै केही विज्ञापनको सुट गरेका छन् । कोरोना सङ्क्रमण बढेसँगै साउन अन्तिम साता फ्लोरमा जाने भनिएको अनमोल को मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ पुनः पछाडि धकेलिने पक्का पक्की भएको छ ।

काठमाडौँ। अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीले आफ्नो कोरोना परिक्षण गराएका छन्। केही दिन अगाडि यमाहाको साथमा फोटोसुट गराएका थिए। यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ्गमा अनमोल र उपासना दुवै परेका हुन्।

यामाहाको ब्रान्ड एम्बासेडर रहेका अभिनेता केसीले विज्ञापनका लागि फोटोसुट गराएका थिए। अभिनेता केसी र अभिनेत्री उपासना सिंह ठकुरीले फोटोसुट गराउने क्रममा यामाहाको कार्यालयका एक जना महिला कर्मचारी पनि उपस्थित थिइन्।

उक्त महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अभिनेता केसी र अभिनेत्री ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। दुवैले पिसीआर टेष्ट गरिसकेका छन् र नतिजाको पर्खाइमा रहेका छन्। उपासनाको आज रोपोर्ट आउने बताएकी छिन्। उपासनाले आफू नतिजाको पर्खाइमा रहेको र आइसोलेसनमा बसेको बताएकी छिन्।

यामाहाको टिमले जानकारी गराएसँगै आफूले कोरोना परीक्षण गराएको तर, हालसम्म रिपोर्ट आइनसकेको अभिनेता केसीको भनाइ छ। रिपोर्ट नआइन्जेलसम्म घरमै आइसोलेसनमा रहने अभिनेता केसीले जनाएका छन्।

Related Articles

Back to top button
Close