News

प्रचण्ड

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुको लागि पद विषय नभएर देश र जनताको सेवा नै मुख्य कुरा

भएको स्पष्ट पारेका छन्। पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरविरोध चर्किरहेको बेला दाहालको यस्तो भनाई आएको छ।

प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालको पछिल्लो भनाई बाहिर ल्याएकी हुन् । फेशबुकमा लेखिएको छ,‘”विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा

भइरहन्छ र यो सामान्य हो। पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो। राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ।” – अध्यक्ष क.प्रचण्ड” “repoters nepal बाट साभार”

Related Articles

Back to top button
Close