News

अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट यस्तो छ

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको शनिवार साँझ कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोनाभाइरसको संक्रमण देखिएपछि उपासनाले काठमाडौंको ह्याम्स अस्पतालमा कोरोना परिक्षण गराएकी थिइन् ।

उपासनाले अभिनेता अनमोल केशीको चलचित्र ‘क्याप्टेन’ बाट चलचित्र क्षेत्रमा प्रबेश गरेकी थिइन् । उनी दयाहाङ राईको चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गरेर चर्चामा आएकी थिइन् ।

Related Articles

Back to top button
Close