News

साइकलमा

ललतिपुर । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सबै पेसा व्यवसाय गर्ने लाई कोरोना संक्रमण देखिन थालेको छ । हिजो कोरोना पुष्टि भएका ललितपुरका संक्रमित साइकलमा तरकारी बेच्ने व्यापारी पनि रहेको खुलेको छ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले दिएका जानकारी अनुसार साइकलमा तरकारी बेच्ने २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत विहार घर भएका लगनखेल प्रयाग पोखरी श्रेत्रमा बस्दै आएका छन् ।

महाशखा स्रोतले दिएको जानकारी अनुसार उनी वीरगन्ज हुँदै ५ दिनअघि काठमाडौं उपत्यका आएका थिए । उनी अहिले होम आइसोलेसन मै रहेको स्रोतले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close