News

मुगुका २ गरिबको हात र खुट्टाको निशुल्क अप्रेशन गरिदिए डा केसीले

कोरोना कहरका बिच दुखी, गरिब र असहायहरुलाई सहयोग गर्न मुगु गएका डाक्टर गोविन्द केसीले शनिबार एक जनाको हातको शल्यक्रिया गरेका छन् । डा केसीले छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामको निशुल्क शल्यक्रिया गरेका हेन् । करिब ३ वर्ष अघि गाउँमा गाई बाख्रा चराउन गएका बेला लडेर भाँचिएको हात गरिबीका कारण उपचार हुन नसकेको परिवारले जनाएको छ ।

आर्थिक अभावले हातको अप्रेसन गर्न नसक्दा जोखिम अवस्थामै हिँडडुल गर्न बाध्य रेश्माकी आमाले डा गोबिन्द केसी मेरी छोरीको लागि भगवान्को रुपमा आइदिनुभयो । त्यस्तै
नगरपालिका–७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसीले निशुल्क रुपमा शल्यक्रया गरिदिएका छन् ।

जुम्लाबाट २ दिन पैदलै मुगु आएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसहित दुई जनाको शल्यक्रिया गरेसँगै उनलाई मुगु र जुम्लाका सर्वसाधारणले मान्छेको रुपमा भगवान्को अवतार भनेका छन् । डाक्टर केसीले एक वर्षअघि लडेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाँचिदा घाउ भएको भित्री भागमा पिप जमेर पाकेको गगनको समस्या पनि चट पारिदिएका छन् । फाइल तस्विर

Related Articles

Back to top button
Close