International

अभिनेता संजय दत्त आइसियूमा भर्ना, कोरोना परिक्षण गरियो

काठमाडौं – बलिउडका चर्चित अभिनेता संजय दत्त अस्पतालको आइसियूमा भर्ना भएका छन् । उनलाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको हो ।

भारतिय मिडियाका अनुसार उनलाई सास फेर्न समस्या भएको र लीलावती अस्पतालको आइसियूमा राखिएको जनाइएको छ । उनमा कोरोनाको आशंका गरिएको छ । उनको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको छ ।

यस्तै अभिनेता संजयले पनि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्य बारे जानकारी गराएका छन् । उनले आफु ठिक भएको र लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको सहयोगले एक दुई दिनमा घर फर्कने बताएका छन् ।

पछिल्लो समय बलिउडका कलाकारहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संजय दत्तलाई पनि सास फेर्न समस्या भएपछि कोरोनाको आशंका गरिएको छ । कोरोना रिपोर्ट आउन बाकीँ रहेको छ ।

Related Articles

Back to top button
Close