News

७ वटा अस्पताल चहार्दाचहार्दै विष्णुको मृत्युः ‘अक्सिजनको पाइप लगाउनै मानेनन्’

काठमाडौं । २० बर्षीया २० विष्णु लामाको ज्वरो विहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार एक्कासी श्वासप्रश्वासमा समस्या देखियो ।

चार बर्षीया छोरीसहित बीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एडभान्स मेडिकेयर हस्पिटल पुर्‍याइयो ।

त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायण अस्थायी कोरोना(गण्डक) अस्पताल लग्यौं’ विष्णुकी भाउजु अन्जु तामाङले भनिन्,अस्पतालले भर्ना नलिएपछि रिक्सामा गण्डक नजिकैको नारायणी बयोधा अस्पताल पुग्यौं । बयोधाले पनि भर्ना लिएन ।

बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म पुगेको अन्जुले बताइन ।

उनका अनुसार सुरुमा नेसनलका स्वास्थ्यकर्मीले बेड खाली भएको जानकारी दिएका थिए । विरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि बेड त के भुइँमा पनि ठाउँ खाली नभएको भन्दै फर्काए’उनले भनिन,‘पछि नारायणी अस्पतालमा लग्यौं आकस्मिक कक्षमा रहेका चिकित्सकले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान सुझाए ।

त्यसपछि हालै नारायणी अस्थायी कोरोना अस्पतालका रुपमा संचालित वीरगन्ज हेल्थ केयर पुर्‍याउँदा त्यहाँ पनि भर्ना नलिएको उनले बताइन ।

कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकाले मात्र उपचार हुने गरेको भनेपछि फेरि नारायणी अस्थायी कोरोना अस्पताल लगौं ।फेरि विरामी लगेपछि भने अस्पताल भर्ना गर्न तयार भयो तर जब रिक्साबाट विष्णुलाई अस्पतालको स्ट्रेचरमा राख्न थालियो तब उनको सास गइसकेको थियो ।

११ देखि २ सम्म वीरगन्जका सबै निजी अस्पताल पुग्यौं, कसैले भर्ना गरेनन्’ अन्जुले भनिन्, कम्तिमा अक्सिजनको पाइप लगाइदिनुहोस भन्दा पनि चिकित्सक छैनन भने । उपचार नपाइ बहिनी वितिन ।’

विरामी लिएर सातवटा अस्पतालमा चक्कर लगाउँदा पनि अस्पताल र चिकित्सकको लापरवाहीले उपचार नपाई दिदीको ज्यान गएको उनले गुनासो गरिन । कान्तिपुर दैनिकबाट

Related Articles

Check Also
Close
Back to top button
Close